विषाक्त माछा खाँदा बारामा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गयो
काठमाण्डौ – बाराको सिम्रौनगढ नगरपालिका–७ मा विषाक्त माछा खाएका एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त खाना (माछा) खाँदा उहाँका दुई छोरी र एक छोराको ज्यान गएको हो ।
शनिवार नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गर्नुभएको थियो । राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू नौ वर्षीया लालिमा राम र सात वर्षीया पुष्पा राम तथा पाँच वर्षीय छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
अस्पताल पुग्नुअघि नै नौ वर्षीया लालिमा रामको बाटोमै ज्यान गएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्था थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्ज पठाएको थियो । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुष्पा राम र कृष्णदन्दन रामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ती बालबालिकाको फुड प्वाइजनको कारण ज्यान गएको उपचारमा संलग्न डाक्टरको प्रारम्भिक अनुमान छ । घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभएको छ । उज्यालो
August 13, 2024 8:35 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर