

अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको रुपमा मासु खाएका ३५ जना बिरामी
5 months अगाडी
manoj Thapa

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेका छन् ।
सन्धिखर्क नगरपालिका–१ मा भएको पूजामा प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।
बिरामी पर्नेहरुमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्नेलगायतका लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिनुभयो । फुड पोइजनका कारण उनीहरु बिरामी परेको हुनसक्ने र सबैको अवस्था सामान्य रहेको डाक्टर तिवारीले बताउनुभयो ।
बिरामीमध्ये ३२ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क र एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो । दुई जना उपचारपछि घर फर्किएका छन् । उज्यालो
October 29, 2024 8:25 am | समाज,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो

नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने एडीबीको अनुमान

सगरमाथा आराेहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए

प्रेममा दरार’ आएपछी कुवेतमा एक महिलाको हत्या

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली

अवरोधका बीच काठमाण्डाै महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश

प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीहरूको भेटवार्ता
Loading...

