भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
काठमाण्डौ – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय अन्तर्राष्ट्रिय उडान हुन थालेपछि त्यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले धमाधम उडान सञ्चालन गर्न थालेपछि यस क्षेत्रमा विदेशी पर्यटक बढ्ने र यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन हुने व्यवसायीको विश्वास छ ।
भैरहवामा उडान सञ्चालन हुँदा यसले तराई क्षेत्रमा पर्यटकीय सम्भावना उजागर गर्ने उनीहरूको भनाइ छ । तत्कालीन पर्यटनमन्त्री शरदसिंह भण्डारीले तराई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तराई क्षेत्रका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जिल्लालाई समेटेर विभिन्न पर्यटन समिति गठन गर्नुभएको थियो ।
यो समिति थप सक्रिय हुने अनुमान छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन भएसँगै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले मध्यपूर्वी देशबाट भैरहवामा सिधा हवाई उडान सञ्चालन भइरहेकाले विस्तारै केन्द्रिकृत पर्यटनलाई विकेन्द्रिकृत गर्न सहयोग गर्ने बताउनुभयो ।
नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का साथै थाई एअर एशिया, कतार एअरवेज, जजिरा र फ्लाई दुबईले पनि भैरहवामा उडान सञ्चालन शुरू गरिसकेका छन् । यसबाट लामो समयदेखि अलमललाई चिर्दै भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । उज्यालो
November 20, 2024 1:51 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन