Wednesday 18th December 2024

रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो

2 days अगाडी

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन कास्की प्रहरीले सरकारी वकिललाई बुझाएको छ ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी प्रहरीले आज जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिनुभयो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।

प्रहरीले लामिछानेलाई गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेको थियो । लामिछानेलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद आज सकिँदैछ । भोलि मङ्गलवार प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी छ ।

पोखराको सूर्यदर्शन, काठमाण्डौको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग सोधपुछ गरिसकेको छ । उज्यालो

          December 16, 2024 2:59 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...