स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या
काठमाण्डौ – ललितपुर महानगरपालिकाभित्रका आठवटा सामुदायिक विद्यालयमा गरिएको एक अध्ययनमा चार प्रतिशत बालबालिकाको स्नायु विकास सम्बन्धमा कुनै न कुनै प्रकारको कमजोरी वा दुर्बलता भएको पाइएको छ ।
अध्ययन प्रतिवेदनअनुसार सहभागी दुई हजार दुई सय ४३ जना विद्यार्थीमध्ये दुई सय नौ अर्थात नौ दशमलव तीन प्रतिशतमा स्नायु विकासको अवस्था परिक्षण भएको थियो । तीमध्ये ८२ जना अर्थात तीन दशमलव सात प्रतिशत बालबालिकामा समस्या पहिचान भएको थियो ।
यस तथ्याङ्कलाई विश्लेषण गर्दा चार प्रतिशत बालबालिकामा स्नायु विकास सम्बन्धमा कुनै न कुनै प्रकारको समस्या भएको पाइएको हो । दुई दशमलव दुई प्रतिशत बालबालिकालाई तत्काल उपचार गर्नुपर्ने अवस्था रहेको पाइएको छ । महानगरपालिकासँगको सहकार्यमा रातो बङ्गला फाउण्डेशन र रातो बङ्गला स्कुलले स्नायु विकासको द्रूत मूल्याङ्कन (RNDA) प्रतिवेदन सार्वजनिक गरेर यो जानकारी दिएको हो ।
सामान्य, हल्का, मध्यम र गम्भीर, चार प्रकारका समस्याका आधारमा गरेको अध्ययनका आधारमा प्रतिवेदन तयार गरिएको फाउण्डेसनले जनाएको छ । अध्ययनमा विद्यालयस्तरका बालबालिकाको मांसपेशी, दृष्टि, श्रवणशक्ति, बोली, बौद्धिक अवस्था, व्यवहार, पोषण अर्थात उमेर अनुसारको कद र तौलबारे सूचना सङ्कलन गरी तिनको विश्लेषण गरिएको फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षितले बताउनुभयो ।
अध्ययनअघि सबै विद्यालयका नर्सहरुलाई तालिम दिनुका साथै महानगरका २९ वटै वडाहरूमा घरपरिवार सर्वेक्षण गरेको थियो । प्रतिवेदनले बालबालिकाको विकासमा अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने, सरकारले मातृशिशुको पोषणमा ध्यान दिनुपर्ने, सङ्घीय संरचना मार्फत शिक्षामा समग्र विकासको खाका बनाएर कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।
ललितपुरबाट शुरू भएको यो अध्ययन देशका अन्य ठाउँमा पनि विस्तार गर्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पौडेलसहित विभिन्न पालिकाका मेयर, प्रमुख प्रशासकिय अधिकृत , शिक्षा तथा स्वास्थ क्षेत्रसँग सरोकार राख्ने सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।
बङ्गलादेशको प्रोतिबोन्धी फाउण्डेसनका डा.नाइला जमान खान, हुमैरा मुस्लिम लगायतका अनुसन्धानकर्ताहरू, बालरोग विशेषज्ञ, पोषणविद् लगायतले विकास गरेको स्नायु विकासको द्रूत मूल्याङ्कनले बालबालिकाहरूमा भविष्यमा हुन सक्ने स्नायु विकासका कमी कमजोरीहरुलाई पहिचान गर्छ । उज्यालो
December 17, 2024 11:55 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार