वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ
1 year अगाडी
manoj Thapa
काठमाण्डाै – वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख १७ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–१४ कलङ्की बस्ने ३६ वर्षीया पुण्यवती जोशी र सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–२ कर्थली घर भई काठमाण्डौ महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का रहेका छन् ।
जोशीले अमेरिका पठाइदिने भन्दै एक जनाबाट दुई लाख १७ हजार र खड्काले सर्बिया पठाइदिने भन्दै एक जनाबाट चार लाख रुपैयाँ ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
दुवै जनालाई काठमाण्डौबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो । उज्यालो
December 25, 2024 5:14 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
Loading...