वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ
1 year अगाडी
manoj Thapa
काठमाण्डाै – वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख १७ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–१४ कलङ्की बस्ने ३६ वर्षीया पुण्यवती जोशी र सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–२ कर्थली घर भई काठमाण्डौ महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का रहेका छन् ।
जोशीले अमेरिका पठाइदिने भन्दै एक जनाबाट दुई लाख १७ हजार र खड्काले सर्बिया पठाइदिने भन्दै एक जनाबाट चार लाख रुपैयाँ ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
दुवै जनालाई काठमाण्डौबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो । उज्यालो
December 25, 2024 5:14 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
Loading...