अण्डाको भाउ अहिलेसम्मकै उच्च
चितवन – लेयर्स कुखुरापालक किसानले अण्डाको भाउ अहिलेसम्मकै उच्च पाएका छन् । आजदेखि लागू हुनेगरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी अर्थात् ७ क्रेटको ३ हजार ६ सय रुपैयाँ र मझौलाको ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष बिनोद पोखरेलका अनुसार किसानले मूल्य बढेसँगै लागत मूल्य पाउने भएका छन् । पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल–कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले भाउ पनि बढेको हो ।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । खुद्रा उपभोक्ता मूल्य अब प्रतिगोटा २२ रुपैयाँ ५० पैसा कायम भएको छ ।
किसानको फार्ममा बूढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उहाँको भनाइ छ । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका उहाँले बताउनुभयो । उज्यालो
December 28, 2024 1:54 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर