अण्डाको भाउ अहिलेसम्मकै उच्च
चितवन – लेयर्स कुखुरापालक किसानले अण्डाको भाउ अहिलेसम्मकै उच्च पाएका छन् । आजदेखि लागू हुनेगरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी अर्थात् ७ क्रेटको ३ हजार ६ सय रुपैयाँ र मझौलाको ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष बिनोद पोखरेलका अनुसार किसानले मूल्य बढेसँगै लागत मूल्य पाउने भएका छन् । पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल–कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले भाउ पनि बढेको हो ।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । खुद्रा उपभोक्ता मूल्य अब प्रतिगोटा २२ रुपैयाँ ५० पैसा कायम भएको छ ।
किसानको फार्ममा बूढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उहाँको भनाइ छ । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका उहाँले बताउनुभयो । उज्यालो
December 28, 2024 1:54 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार