टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ : युरोप, अमेरिका र अस्ट्रेलियासम्म निर्यात
काठमाण्डाै – काठमाण्डौको टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसङ्क्रान्तिमा टोखाको चाकुको माग बढ्ने हुनाले टोखाका व्यवसायी अहिले चाकु र अरू परिकार बनाउन व्यस्त छन् ।
टोखाको चाकु युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुग्ने गरेको छ । चाकु माघेसङ्क्रान्ति अर्थात् जाडोयाममा धेरै खाने परम्परागत एवम् मौलिक परिकार हो । काठमाण्डाै उपत्यकाभित्र पनि टोखाको चाकु धेरै लोकप्रिय छ ।

टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् । माघेसङ्क्रान्तिमा चाकुको माग धेरै हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाए पनि अहिले मागअनुसार १६ वटा किसिमका चाकु बनाउने गरेको व्यापारीले बताएका छन् ।
टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । पेशामात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको उहाँको भनाइ छ ।

चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुँदा चिसो मौसममा यसको खपत बढी हुने गरेको श्रेष्ठले बताउनुभयो । चाकुको उत्पादन दुई महिनामात्र भए पनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने उहाँकाे भनाइ छ । उहाँले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको पनि उल्लेख गर्नुभयो ।
श्रेष्ठका अनुसार पछिल्लो समय राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चाकु निर्यात हुने गरेको छ । अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशहरूमा चाकु बढी मात्रामा जाने गरेको उहाँको भनाइ छ उज्यालो
December 29, 2024 4:34 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर