काठमाण्डाै महानगरले सभागृहमा पीएल सिंहकाे पूर्णकदकाे सालिक बनाउने
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको ३९औं कार्यपालिका बैठकले राष्ट्रिय सभागृह परिसरमा महानगरपालिकाका पहिलो मेयर स्वर्गीय पीएल सिंहको पूर्णकदको सालिक बनाउने निर्णय गरेको छ ।
हिजो बसेको बैठकले स्व. सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पु¥याउनु भएको योगदानको सम्मानमा सालिक बनाउने निर्णय गरेको हो । वि. सं. १९९६ साल चैत ११ गते जन्मनुभएका सिंहको यही १ गते निधन भएको थियो ।
यस्तै बैठकले ‘सहकारी ऐन २०७४’, ‘शिक्षा ऐन २०७५’, ‘राजस्व ऐन २०७५’, ‘विवाद निरूपण कार्यविधि ऐन २०७५’, ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७’, ‘कर्मचारी सेवा ऐन २०७७’, ‘महानगर प्रहरी ऐन २०८०’, ‘जनप्रतिनिधिहरूको सुविधासम्बन्धी ऐन २०७९’, ‘होस्टेल कार्यविधि २०७९’ लाई पुनर्लेखन तथा संशोधनका लागि सहमति दिएको छ । यस्तै बैठकले ‘सञ्चार तथा सूचना ऐन २०८१’ को नियमावली तथा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । उज्यालो
December 30, 2024 5:01 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो