काठमाण्डौका ३० लाखभन्दा धेरै नागरिकको सुरक्षाका लागि साढे १० हजार जना प्रहरी
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा झन्डै ३० लाख नागरिकको सुरक्षाका लागि साढे १० हजार जनामात्रै प्रहरी रहेका छन् ।
काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार अहिले काठमाण्डाै उपत्यकामा ३० लाख २८ हजार ३ सय ८६ जना नागरिक रहेको तथ्याङ्क छ भने नेपाल प्रहरीको जनशक्ति १० हजार ६ सय ९ जनामात्रै रहेको छ ।
काठमाण्डाै उपत्यका प्रहरी कार्यालयअन्तर्गत रहेका प्रहरी निकायमा ११ हजार ७ सय ४९ जनाको दरबन्दी रहे पनि १ हजार १ सय ४० जनाको दरबन्दी रिक्त रहेको कार्यालयमा आयोजित पत्रकार सम्मेनलमा कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिनुभएको हो ।
एसएसपी खनालका अनुसार स्थायी जनसङ्ख्या सवा ३० लाख भए पनि तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा झन्डै ६० लाख जना मानिस रहने अनुमान छ ।
थोरै सुरक्षाकर्मीबाट पनि काठमाण्डाैका ३ वटा जिल्लामा लागू गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना–२०८१ तयार गरिरहेको कार्यालयका प्रमुखसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ । उज्यालो
February 7, 2025 4:50 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन