काठमाण्डौका ३० लाखभन्दा धेरै नागरिकको सुरक्षाका लागि साढे १० हजार जना प्रहरी
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा झन्डै ३० लाख नागरिकको सुरक्षाका लागि साढे १० हजार जनामात्रै प्रहरी रहेका छन् ।
काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार अहिले काठमाण्डाै उपत्यकामा ३० लाख २८ हजार ३ सय ८६ जना नागरिक रहेको तथ्याङ्क छ भने नेपाल प्रहरीको जनशक्ति १० हजार ६ सय ९ जनामात्रै रहेको छ ।
काठमाण्डाै उपत्यका प्रहरी कार्यालयअन्तर्गत रहेका प्रहरी निकायमा ११ हजार ७ सय ४९ जनाको दरबन्दी रहे पनि १ हजार १ सय ४० जनाको दरबन्दी रिक्त रहेको कार्यालयमा आयोजित पत्रकार सम्मेनलमा कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिनुभएको हो ।
एसएसपी खनालका अनुसार स्थायी जनसङ्ख्या सवा ३० लाख भए पनि तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा झन्डै ६० लाख जना मानिस रहने अनुमान छ ।
थोरै सुरक्षाकर्मीबाट पनि काठमाण्डाैका ३ वटा जिल्लामा लागू गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना–२०८१ तयार गरिरहेको कार्यालयका प्रमुखसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ । उज्यालो
February 7, 2025 4:50 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो