आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
काठमाण्डौ – आपत्कालीन कोषमा योगदान गरेकोमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपाललाई धन्यवाद ज्ञापन गरेको छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयले दक्षिणपूर्व एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा नेपाललाई धन्यवाद ज्ञापन गरेको हो । कोषमा नेपालले १५ लाख रुपैयाँ (झण्डै ११ हजार अमेरिकी डलर) योगदान गरेको थियो ।
डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो । थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो देश हो ।
सन् २००७ मा हिन्द महासागरमा आएको सुनामीबाट प्रभावित दक्षिण–पूर्वी एशिया क्षेत्रका विभिन्न देशको सिकाइका आधारमा कोष स्थापना गरिएको हो ।
नेपालले पनि सन् २००८ मा कोशीमा आएको बाढी, सन् २०१५ को विनाशकारी भूकम्प र सन् २०२३ मा जाजरकोटमा गएको भूकम्पको प्रतिकार्यमा कोषबाट सहयोग प्राप्त गरेको थियो ।
डब्ल्यूएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले सदस्य देशहरुलाई कुनै पनि ठूलो जनस्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी प्रतिकार्य गर्न सक्षम बनाउनका लागि निरन्तर सहयोग गर्नेमा कोष व्यवस्थापन पक्ष प्रतिबद्ध रहेको जनाएको विज्ञप्तिमा उल्लेख छ । उज्यालो
February 11, 2025 10:54 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार