२५ कराेड लिएर ‘सुन्न किन्न’ केरुङ जाँदै थिए कुसाङ
काठमाण्डाै – काठमाण्डाैको टोखा नगरपालिकामा रहेको झोर क्षेत्रबाट २५ करोड १९ लाख रुपैयाँ बराबरको युरो र अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।
गएराति ना ७ ख १६५२ नम्बरको ट्रकमा विदेशी मुद्रा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोककाे भाेटेकाेशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको हो । उनी रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी यसअघि ७ किलो सुनसहित कलङ्कीबाट समातिएर २०७८ सालमा छुटेका थिए । प्रहरीका अनुसार त्यस बेला पक्राउ परेका चार जनामध्ये उनी भरियाका रूपमा जोडिएको अनुसन्धानबाट देखिए पनि त्यो सुनको मालिक को थियो भन्ने खुलेको थिएन ।
यस पटक पनि सुन किन्नकै लागि रकम पठाउन लागिएको प्रारम्भिक सूचना मिले पनि त्यतिका धेरै रकम कसरी जम्मा गरियो भन्ने प्रश्नको उत्तर नमिलेको प्रहरीका अनुसन्धान अधिकारीले बताएका छन् । यतिका धेरै युरो र डलर नेपाली बजारबाटै सङ्कलन गरेर जम्मा गरिएको हो कि भारतबाट पनि ल्याइएको हो भन्ने कोणबाट अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
रकम भेटिएको ट्रक झन्डै २० दिनसम्म स्वयम्भूतिरको ग्यारेजमा राखिएको र त्यहीँ फल्स बटम बनाएर रङ्गरोगन गरिएको सूचना प्राप्त गरेको पनि प्रहरीले जनाएको छ । लामाले भने प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले थानकोटमा ट्रक लिएको र व्यापारीहरूले भनेअनुसार कपडा लिन रसुवागढी जान लागेको बताएका छन् ।
बरामद भएकाे ट्रक लामाकाे आमाकाे नाममा देखिए पनि भाइले आफूलाई चलाउन किनिदिएकाे उनले बताएका छन् । उज्यालो
March 19, 2025 1:50 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर