सगरमाथा आराेहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए
काठमाण्डाै – आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ ।
यसैबीच सगरमाथा आरोहणका लागि बाटो निर्माण भइरहेको छ । खुम्बु आइसफल क्षेत्रमा चार वटा भर्याङ र १२ वटा किला ठोकिसकिएको विभागका निर्देशक लीलाधर अवस्थीले बताउनुभयो ।
दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको बाटो बनाउने काम गरिरहेको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ ।
एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ । दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् डोरी टाँग्ने काम गर्छ ।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । सगरमाथासहित २९ वटा हिमाल आरोहणका लागि अहिलेसम्म एक सय ९८ जनाले आरोहण अनुमति लिएका विभागले जनाएको छ । उज्यालो
April 6, 2025 4:56 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार