Sunday 4th May 2025

दैलेखमा चट्याङ्ग लागेर एक जनाको ज्यान गयो, तीन जना घाइते

8 hours अगाडी

दैलेख – दैलेखमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।

हिजो बेलुका घरमै परेको चट्याङ्ग लागेर एकै परिवारका चार जना घाइते भएका र उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा दशरथको ज्यान गएको प्रहरीले जनाएको छ ।

चट्याङ्ग लागेर घाइते हुनुभएकी दशरथकी श्रीमती २७ वर्षीया विपना चन्द, ११ वर्षकी छोरी र तीन वर्षका छोराको दैलेख अस्पतालमा उपचार गरिएको छ ।  उज्यालो

          May 4, 2025 8:53 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...