कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा
कुवेत /आगामी १६ मे २०२५ का दिन कुवेतमा संयुक्त तीन किराती संस्थाको संयुक्त आयोजनामा सम्पन्न हुन गई रहेको किरातिहरुको महान चाड उभौली साकेला, यक्वा तङ्नाम,सालिवा श्यादर पिदर ५०८५ तथा सांगीतिक कार्यक्रमको सम्पुर्ण तयारि पुरा भएको आयोजकले जानकारि दिएका छ्न्।
“भाषा,संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातीहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ८ बर्ष यतादेखि कुवेतमा कृयासिल तीन संस्थाहरुले कुबेतमा एक साथ मनाउदै आएको छ।उक्त कार्यक्रम लाई थप मनोरन्जन गर्नको लागि नेपालबाट आमन्त्रित लोकप्रिय गायक महेशकुमार सुनुवार कुबेत आईसक्नु भएको छ। भने उहाँ लाई साथ दिन स्थानिय कलाकारहरु द्वारा मौलिक सांस्कृतिक झाँकी जस्ता बेजोड प्रस्तुति रहनेछ।
उकत दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, नेपाली दूतावास तथा समस्त कुवेतवासी नेपाली दाजुभाई, दिदीबहिनी, बुद्दिजिवी, भद्रभलाद्मी, पत्रकार, कलाकार तथा खेलाडीहरु लाई निमन्त्रणा इन्टर नेटको माध्यमबाट निमन्त्रणा पठाईसकेका छौं भने कथंकदाचित कतै भुलवश छुटफुट हुन गएको खण्डमा यसै समाचार लाई आधार मानि उपस्थित भईदिनु हुन सबैमा आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमको विवरण:-
मिति: १६ मे २०२५ शुक्रवार
समय: दिनको ठीक १ बजे देखी
स्थान : मङ्गाफ DLIGHTS HALL
आयोजक: तीन किराती संस्थाहरु
किरात राई यायोक्खा कुवेत
किरात याक्थुङ चुम्लुङ कुवेत
सुनुवार सेवा समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर