हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे
7 months अगाडी
manoj Thapa
काठमाण्डाै – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालाको भित्री सडक खण्डमा हवाहुरीले रुढ ढल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ ।
हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
रुखले च्यापिएर ज्यान गुमाउनेहरूमा सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । यस्तै घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।
अहिले काठमाण्डाै उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी चलिरहेकाे छ । उज्यालो
May 16, 2025 8:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...