अमेरिकाले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्यो : नेपाल पनि प्रभावित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्ने निर्णय गरेको छ ।
अमेरिकाले विद्यार्थी भिसाका लागि लिने अन्तर्वार्ता तालिका बन्द गर्न पनि विश्वभरका अमेरिकी दूतावास र कन्सुलर शाखाहरूलाई निर्देशन दिएको अल जजिराको खबरमा उल्लेख छ ।
यहूदी–विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर पछिल्लो निर्णय गरिएको टम्प प्रशासनले जनाएको छ ।
अर्को निर्देशन नआएसम्म नयाँ अन्तर्वार्ता तालिका नथप्न भनिएको छ । पहिले नै निर्धारित अन्तर्वार्ताहरू भने हुनेछन् ।
विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले भिसा प्रक्रियामा ढिलाइबारे टिप्पणी गर्न अस्वीकार गर्दै प्रवेश जाँचलाई भने गम्भीरतापूर्वक लिइने बताउनुभएको छ ।
गएको हप्ता ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो ।
यद्यपि एक सङ्घीय न्यायाधीशले यो निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् । तर ट्रम्प प्रशासनले हार्वर्डसँग बाँकी रहेको सङ्घीय सम्झौता पनि चाँडै तोड्ने तयारी गरिरहेको छ ।
विदेशी विद्यार्थीको भिसा रोक्ने अमेरिकी नीतिले नेपाली विद्यार्थीहरूलाई पनि असर गर्ने देखिएको छ । अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी पनि जाने गरेका छन् ।
विश्वभरबाट १० लाखभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिका जाने गरेका छन् । उज्यालो
May 28, 2025 10:39 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने