

माछा बेचेर वार्षिक डेढ करोड रुपैयाँ आम्दानी
10 hours अगाडी
manoj Thapa

चितवन – चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन शुरू गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन शुरू गर्नुभएको हो ।
शुरुआती कठिनाइका बाबजुद अर्यालले माछापालनलाई व्यावसायिक रूपमा विस्तार गर्नुभयो । पछि राम्रो हुँदै गएपछि उहाँले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाल्नुभयो । अहिले चार बिघा जमिनको जलाशयमा माछा छन् ।
उहाँले वार्षिक एक करोड ५० लाख रुपैयाँको माछा बिक्री गर्नुहुन्छ । खर्च कटाएर ७० लाख रुपैयाँभन्दा धेरै नाफा हुने गरेको अर्यालले बताउनुभयो । अर्यालले माछापालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र बिक्रीमा ध्यान दिनुभएको छ ।
उहाँले उत्पादन गरेका माछा चितवनसहित काठमाण्डौ, पोखरा, बुटवललगायत शहरमा बिक्रीका लागि पुग्ने गर्छ । उज्यालो
May 25, 2025 2:42 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्लाको लिमी पुग्यो

माछा बेचेर वार्षिक डेढ करोड रुपैयाँ आम्दानी

तमू समाज कुवेतद्वारा नवौं रक्तदान कार्यक्रम सम्पन्न, १२९ जनाले रक्तदान गरे

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
Loading...

