कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग
कुवेत, जेठ २० – कुवेतमा स्थायी रहेका नेपाली कला, संस्कृति र सामाजिक उत्तरदायित्वमा सक्रिय निरेम प्रोडक्सन कुवेतले हालै सम्पन्न निरेम म्युजिकल फेस्टिवल २०२५ बाट संकलित मुनाफाबाट धरानका विभिन्न सामाजिक तथा शैक्षिक संस्थाहरूका साथै एकजना मृगौला पीडितलाई आर्थिक सहयोग दिएको छ।

निरेम प्रोडक्सनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को “सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियान”, धरान-१ स्थित पुनःस्थापना गृह र धरान-१५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयलाई जनही रु २५,००० का दरले सहयोग हस्तान्तरण गरेको हो।

त्यसैगरी, धरान-११ निवासी मृगौला पीडित चन्द्र बहादुर विश्वकर्मालाई पनि रु २५,००० को आर्थिक सहयोग गरिएको छ। उक्त सहयोग पीडितका छोरा, जो कुवेतमा बसोबास गर्दै र निरेम ब्यान्डका गिटारिस्ट समेत हुनुहुन्छ, उहाँमार्फत हस्तान्तरण गरिएको हो।
सहयोग रकमहरू पत्रकार रोहित राईमार्फत सम्बन्धित व्यक्तिहरू र संस्थाहरूसम्म पुर्याइएका थिए। सुम्निमा पारुहाङ प्रतिष्ठानका कोषाध्यक्ष दत्त लिम्बु, पुनःस्थापना गृहकी सञ्चालिका लक्ष्मी राई र ज्ञान चक्षु विद्यालयका प्रमुख प्रमोद भण्डारीलाई उक्त रकम प्रदान गरिएको छ।

निरेम प्रोडक्सन कुवेत, निरेम ग्रुप अन्तर्गतको एक सहायक संस्था हो जसले मिडिया, खेलकुद, प्रविधि, यात्रा र पर्यटनका क्षेत्रमा सेवा दिँदै आएको छ। यस संस्थाले प्रवासी नेपालीलाई मातृभूमिको कला, संगीत र संस्कृतिसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ।
साथै, निरेम प्रोडक्सन कुवेतले आफ्नो मुख्य वार्षिक सांस्कृतिक कार्यक्रम, “निरेम म्युजिकल फेस्टिवल” २०२५ को संस्करणमा नेपालका चर्चित गायक हिमाल सागर र गायिका त्रिष्णा गुरुङको विशेष प्रस्तुति समेटेको थियो।
संस्थाका सदस्यहरूले कुवेतमा रहेका नेपाली समुदायका बीचमा मातृभूमिप्रति माया र सामाजिक उत्तरदायित्वको भावना फैलाउँदै, आगामी दिनहरूमा यस्ता गतिविधिहरूलाई अझ फैलाउने योजना बनाएका छन्। यसअघि सञ्चालन गरिएको “न्यानो अभियान” जस्तै यो पनि संस्थाको निरन्तर सामाजिक प्रयासको एक हिस्सा हो।
June 3, 2025 11:44 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो