माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औं स्थापना दिवस समारोह सम्पन्न भयको छ्। मिति- २०२५-६-२७ तारिक नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६औं स्थापना दिवस भव्य रूपमा मनायो। यस अवसरमा श्रमिक सचेतना कार्यक्रम राखीयको थियो।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा:
• श्री अमीश कार्की, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) कुवेतका देशीय संयोजक
• श्री रणधोज लामा, एनआरएनए राष्ट्रिय परिषद् अध्यक्ष
• नेपाल दूतावास परिवार,
• कुवेतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको थियो

कार्यक्रममा श्रमिक अधिकार, अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्षेत्र, कुवेतको श्रम कानुन र प्रवासी नेपालीहरूको वर्तमान अवस्था विषयमा गहन छलफल गरिएको थियो। ILO संयोजक श्री अमीश कार्कीले प्रस्तुत गरेको श्रमिक सचेतना सम्बन्धी प्रस्तुति विशेष आकर्षणको विषय बनेको थियो।

स्वर्गीय माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण आयोजना गरियो। स्वर्गीय माधव शाही स्मृति पत्रकारिता पुरस्कार श्री शुरेस गुरुङ ज्यूलाई लाई प्रदान गरियो। हरेक बर्ष स्थापना दिवसको अवसरमा सो पुरस्करलाई कुवेत सक्रिय परोपकारी पत्रकारिता गर्ने एक जना सम्मानित हुने गरेको छ । संरक्षक जय आले मगरको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति बनाई छनौट गरिएको थियो । जय आले मगरको संयोजकत्वमा सल्लाहकार आनन्द आचार्य र अध्यक्ष एकराज मल्ल सदस्य रहेका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर