स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग
कुवेत – कुवेतमा काम गर्दै आएकी चितवन भरतपुर–१८ स्थायी घर भएकी स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले आर्थिक सहयोग गरेको छ।
लामो समयदेखि कुवेतमा अवैधानिक रुपमा (ईलिगल स्टाटसमा) बस्दै आएकी बिमलाको हालै मृत्यु भएको थियो। शव स्वदेश पठाउन लाग्ने खर्च मञ्चको श्रमिक राहत कोषमार्फत प्रदान गरिएको हो।
कुवेतस्थित नेपाली दूतावासका अनुसार, स्व. बिमलाको शव यहि असार १६ गते (01 जुलाई 2025) का दिन कुवेत एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं पठाइने तालिका रहेको छ।
यसअघि पनि प्रवासी नेपाली मञ्चले दुई जनाको शव नेपाल पठाउन सहयोग गरिसकेको छ। मञ्च कुवेतका प्रतिनिधिहरूले संकटमा परेका नेपालीलाई उचित कानुनी प्रक्रिया अपनाई स्वदेश फर्कन सुझाव दिएका छन्। साथै, कुवेतसहित अन्य देशहरूमा रोजगारीका लागि जाने नेपालीहरूलाई वैधानिक हैसियतमा बस्न, कागजात समयमै नवीकरण गर्न पनि आग्रह गरिएको छ।
मञ्चले बारम्बार अनुरोध गर्दै आएको छ— वैदेशिक रोजगारीमा जाँदा कानुनको पालना गर्नुपर्छ, अन्यथा अप्ठ्यारोमा पर्नुपर्ने अवस्था आउन सक्छ।
यस घटनाले कानुनी हैसियतको महत्व फेरि एकपटक देखाएको छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर