३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ
कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ। “संस्कृति र परम्परामा गर्व गरौं, आदिवासी समुदायको संरक्षण गरौं” भन्ने नारासहित आयोजना हुने कार्यक्रम २०२५ अगस्ट १५ (शुक्रबार) का दिन राजधानी प्यालेस होटल, खैतान मा दिनको १ बजेबाट सुरु हुनेछ। कार्यक्रममा आदिवासी समुदायको भाषा, भेषभूषा, कला र पहिचान झल्काउने सांस्कृतिक प्रस्तुति, विविध गतिविधिहरू, तथा अधिवेशन सत्र सञ्चालन गरिनेछ भने सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै महासंघको आगामी कार्यकालको दिशानिर्देशन तय गरिनेछ। आयोजकले उक्त दिन अन्य संघसंस्थाहरूलाई कार्यक्रम नजुधाइ दिन अपिल गर्दै सबैमा सक्रिय सहभागिताको आह्वान गरेको छ।
July 9, 2025 12:37 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो