Saturday 12th July 2025

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

17 hours अगाडी

काठमाण्डाै – काठमाण्डौ महानगरपालिका स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको बैठक सम्पन्न भएको छ ।

मेयर बालेन्द्र शाहको अध्यक्षमा महानगरको कार्यालयमा बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आउँदो आर्थिक वर्षका लागि महानगरपालिकालाई प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपणसहित बजेट सीमा निर्धारण गरेको हो ।

बैठकले आउँदो आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ११ करोड रुपैयाँ बजेटको सीमा निर्धारण गर्दै सार्वजनिकका लागि तयारी गर्दैछ ।

बैठकमा मेयर शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनुभएको थियो । चालू आर्थिक वर्षको तुलनामा आउँदो आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय गरेको छ । उज्यालो

          July 12, 2025 8:59 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...