काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
काठमाण्डाै – काठमाण्डौ महानगरपालिका स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
मेयर बालेन्द्र शाहको अध्यक्षमा महानगरको कार्यालयमा बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आउँदो आर्थिक वर्षका लागि महानगरपालिकालाई प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपणसहित बजेट सीमा निर्धारण गरेको हो ।
बैठकले आउँदो आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ११ करोड रुपैयाँ बजेटको सीमा निर्धारण गर्दै सार्वजनिकका लागि तयारी गर्दैछ ।
बैठकमा मेयर शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनुभएको थियो । चालू आर्थिक वर्षको तुलनामा आउँदो आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय गरेको छ । उज्यालो
July 12, 2025 8:59 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर