श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो
काठमाण्डौ – श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो ।
यो पहिलेको भन्दा दुई हजार दुई सय ५० रुपैयाँले बढी हो । यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो ।
नयाँ पारिश्रमिक हिजो साउन १ गतेदेखि नै लागू भएको सरकारले जनाएको छ । चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेर पछि निर्धारण हुनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन तीनवटै पक्षले लचकता कायम गर्दै सहमतिको आधारमा न्यूनतम तलब निर्धारण गरिएको बताउनुभयो । सहमतिको आधारमा निर्धारण भएको पारिश्रमिकलाई कार्यान्वयनमा लैजान सहज हुने उहाँको भनाइ छ ।
श्रम ऐन–२०७४ को अनुसार हरेक दुई आर्थिक वर्षमा अनिवार्य रुपमा नयाँ न्यूनतम तलब निर्धारण हुनुपर्छ । उज्यालो
July 18, 2025 8:40 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर