प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने
काठमाण्डौ – प्रहरीले अब कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र समेत गरिसकेको जनाएको छ ।
कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न र नपठाउन देशैभरका प्रहरी युनिटमा परिपत्र गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उज्यालो
गएको असारमा महान्यायाधिवक्ताको कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो र भीडीओ सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।
कार्यालयले निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र गरेको हो ।
जघन्य अपराधका घटना वा त्यस्ता फोटो र भीडीओ सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिनु भयो ।
July 24, 2025 9:22 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी