

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

काठमाण्डौ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको आफ्नै घरबाट सम्पर्कविहीन भनिएका हायू परिवारका सदस्य पोखराको गगनगौंडामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई गगनगौंडाको एउटा घरमा बसिरहेको अवस्थामा हिजो बेलुकी अबेर फेला पारिएको हो ।
उनीहरु सपरिवार पोखरा गएर शनिवार लेकसाइडको एउटा होटलमा बसेका थिए, हिजो हराएको समाचार सार्वजनिक भएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरू बसेको ठाउँ पत्ता लागेको प्रहरीले जनाएको छ ।
उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताएका छन् । आफूहरु ज्यामी काम गर्ने भएकाले सिन्धुलीमा काम नपाएपछि पोखरा गएको उनीहरुको भनाइ छ ।
परिवारकै १६ जना बिहीबारदेखि सम्पर्कविहीन भएको खबर हिजो दिनभर नै चर्चामा रहेको थियो । १६ जनामध्ये एक ज्वाइँ र छोरी पोखराकै रहेको तथा अर्को छोरी काठमाण्डौमा बस्ने गरेको प्रहरीले जनाएको छ ।
गाउँको एकान्तमा रहेको घरमा हिजो प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी गरिएको थियो ।
घरका सबै सदस्य रहस्यमयी तरिकाले सम्पर्कविहीन भएपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
छोरो विदेशबाट आएको र सामाजिक सुरक्षा भत्ता बुझेको खुशीयालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने सम्भावनालाई पनि ख्याल गर्दै प्रहरीले खोजी गरेको थियो ।
प्रहरीका अनुसार उनीहरु बिहीवार राति गाडी रिजर्भ गरेर सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेका हुन् ।
घरबाट बाहिरिँदा हायू परिवारले ६ वटा बाख्रा त्यत्तिकै छोडेर गएका थिए । खोरमा बाख्रा बाँधेर तथा कुकुर छाडेर छरछिमेकी कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएपछि उनीहरुको बारेमा सोधीखोजी व्यापक भएको थियो । उज्यालो
July 29, 2025 9:02 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

