सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला
काठमाण्डौ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको आफ्नै घरबाट सम्पर्कविहीन भनिएका हायू परिवारका सदस्य पोखराको गगनगौंडामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई गगनगौंडाको एउटा घरमा बसिरहेको अवस्थामा हिजो बेलुकी अबेर फेला पारिएको हो ।
उनीहरु सपरिवार पोखरा गएर शनिवार लेकसाइडको एउटा होटलमा बसेका थिए, हिजो हराएको समाचार सार्वजनिक भएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरू बसेको ठाउँ पत्ता लागेको प्रहरीले जनाएको छ ।
उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताएका छन् । आफूहरु ज्यामी काम गर्ने भएकाले सिन्धुलीमा काम नपाएपछि पोखरा गएको उनीहरुको भनाइ छ ।
परिवारकै १६ जना बिहीबारदेखि सम्पर्कविहीन भएको खबर हिजो दिनभर नै चर्चामा रहेको थियो । १६ जनामध्ये एक ज्वाइँ र छोरी पोखराकै रहेको तथा अर्को छोरी काठमाण्डौमा बस्ने गरेको प्रहरीले जनाएको छ ।
गाउँको एकान्तमा रहेको घरमा हिजो प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी गरिएको थियो ।
घरका सबै सदस्य रहस्यमयी तरिकाले सम्पर्कविहीन भएपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
छोरो विदेशबाट आएको र सामाजिक सुरक्षा भत्ता बुझेको खुशीयालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने सम्भावनालाई पनि ख्याल गर्दै प्रहरीले खोजी गरेको थियो ।
प्रहरीका अनुसार उनीहरु बिहीवार राति गाडी रिजर्भ गरेर सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेका हुन् ।
घरबाट बाहिरिँदा हायू परिवारले ६ वटा बाख्रा त्यत्तिकै छोडेर गएका थिए । खोरमा बाख्रा बाँधेर तथा कुकुर छाडेर छरछिमेकी कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएपछि उनीहरुको बारेमा सोधीखोजी व्यापक भएको थियो । उज्यालो
July 29, 2025 9:02 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो