Wednesday 13th August 2025

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

1 day अगाडी

काठमाण्डाै – नेपालमा गएको आर्थिक वर्षमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएका छन् ।

२०८१ साल साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यीमध्ये धम्की र दुर्व्यवहारका घटनाहरू सबैभन्दा धेरै ४१ वटा रहेको प्रेस काउन्सिल नेपालले आज निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी आक्रमण र कुटपिटका घटना २२, पेशागत असुरक्षाका १३, कब्जा तथा अवरोधका सात र पक्राउ तथा पक्राउ प्रयासका घटना सात वटा रहेका छन् । प्रदेश अनुसार सबैभन्दा धेरै बाग्मतीमा ३८ वटा घटना भएका छन् ।

लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी एक सय ६ जना पत्रकार पीडित भएका पाइएको छ ।

गएको आर्थिक वर्ष प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकामा बागमतीमा चार, मधेशमा तीन र कर्णालीमा दुई वटा रहेका पाइएको छ । उज्यालो

          August 12, 2025 11:36 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...