नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या
काठमाण्डाै – नेपालमा गएको आर्थिक वर्षमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएका छन् ।
२०८१ साल साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यीमध्ये धम्की र दुर्व्यवहारका घटनाहरू सबैभन्दा धेरै ४१ वटा रहेको प्रेस काउन्सिल नेपालले आज निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी आक्रमण र कुटपिटका घटना २२, पेशागत असुरक्षाका १३, कब्जा तथा अवरोधका सात र पक्राउ तथा पक्राउ प्रयासका घटना सात वटा रहेका छन् । प्रदेश अनुसार सबैभन्दा धेरै बाग्मतीमा ३८ वटा घटना भएका छन् ।
लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी एक सय ६ जना पत्रकार पीडित भएका पाइएको छ ।
गएको आर्थिक वर्ष प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकामा बागमतीमा चार, मधेशमा तीन र कर्णालीमा दुई वटा रहेका पाइएको छ । उज्यालो
August 12, 2025 11:36 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर