संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न
कुबेत – अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान भन्ने नाराका साथ कुवेतमा गठन भएको संस्था संखुवासभा समाज कुवेतले हिजो अगष्ट १५ तारिख २०२५ शुक्र्बारको दिन कुबेतको फर्वनिय स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाहलमा समाजको अध्यक्ष बिजय लामाको सभाध्यक्षता पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल ज्यू को प्रमुख आतिथ्यतामा गरिएको थियो।


औपचारिक कार्यक्रमको शुरुवात दीप प्रज्वलन सगै केक काटेर रास्ट्रिय गान बाट शुरु गरिएको थियो । समाजको महिला उपाध्यक्ष – रोसिका गुरुङले स्वागत मन्तव्य बाट सबै लाई स्वागत गरिएको थिएन । भने कोषाध्यक्ष – पूजा तमाङले समाजले एक सालमा गरेका वार्षिक गतीविधी प्रस्तुत गरेका थिए । समाजले एक सालमा साढे दुई लाख भन्दा ज्यादा सहयोग गरेको कुरा कोषाध्यक्ष तमाङले प्रस्ट गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत संस्थाको सल्लहाकार ज्यूहरुले शुभकामना मन्तव्य राखेका थिए। भने समाजले प्रमुख अतिथी,पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल लाई मायाको चिनो खादा तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो। भने समाजको खेलाडीहरु लाई पनि सम्मान पत्र तथा खादाले सम्मान गरिएको थियो ।

कार्यक्रम लाई थप आकर्षक गर्न समाजका कलाकारहरु बाट सामूहिक नृत्य,एकल नृत्य, प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो