इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट
काठमाण्डौ । प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् । इजरायलको जेरुसेलममा भएको भेटमा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग माग गरेका छन् ।
भेटमा विपिनकी आमा पदमा र बहिनी पुष्पासँगै इजरायलको लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा आमा पदमाले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गर्नुभएको थियो । यस्तै बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गर्नुभयो ।
राजदूत पण्डितले पनि राष्ट्रपति समक्ष विपिनको अवस्थाबारे निरन्तर पहल गर्न विशेष अनुरोध गर्नुभयो । जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनलाई इजरायलले आफ्नै नागरिकझैँ अनुभव गरेको भन्दै विपिनसहित सबै बन्धकहरूको रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विपिनका परिवारको साथमा सरकार रहेको भन्दै विपिनको सुरक्षालाई प्राथमिकता दिएर हर सम्भव पहलमा जुटिरहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जानकारी दिनुभएको हो । उज्यालो
August 18, 2025 9:05 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर