प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन
नेपाली अनलाइन पोर्टल मुलपत्र डट कममा गत शुक्रवार २९ अगष्ट २०२५ का दिन “कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारिहरु घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रीन नेतृत्वमा तस्करको बेग्लै टिम” शिर्षकमा प्रकाशित समाचार प्रति गैरआवासीय नेपाली संघ कुवेतको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेख भएका कुनै पनि कुराहरु तथ्यपरक नभएकोले यसप्रति गैरआवासीय नेपाली संघ कुवेत खेद प्रकट गर्दछ ।
यस संस्थाका अध्यक्ष दिल कुमार पाख्रीन कुनै कोणबाट पनि समाचारमा भनिए जस्तो घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न नहुदा पनि फोटो सहित समाचारमा समेटिनु, प्रवक्ता हर्क बहादुर मोक्तानको निजि कुराहरुलाइ समाचारको कन्टेन्ट बनाएर संस्थासँग जोडेर संस्था नै वदनाम गराउन समाचार प्रकाशित हुनु, वरिष्ठ उपाध्यक्ष दामोदर बटाला माथी मदिरा उत्पादन तथा वेचविखान र महिला उपाध्यक्ष रमिता तामाङको वारेमा हुँदै नभएका विभिन्न किसिमले पिडित बनाइएको भन्ने जस्ता तथ्यहिन आक्षेप लगाएर समाचार लेखिनु दुश्मनी साँद्ने तथा चरित्र हत्या गर्ने उदेश्यले गलत श्रोतबाट प्राप्त समाचार (Cross Verification) नगरी सिधै सम्प्रेषण गर्नुले पत्रकारिता माथि नै प्रश्न खडा भएको गैरआवासीय नेपाली संघ कुवेतको ठम्याइ छ ।
त्यस्तै, एनआरएनए नै तीन टुक्रा भएको र पाख्रीन नेतृत्वमा घरेलु महिला श्रमिक ओसारपसार गर्नेहरु रहेकोले युवक राई नेतृत्व अलग्गिएको भन्ने कुराले झन बढी यो समाचार गलत भएको पुष्टि गर्दछ । किनकी युवक राई नेतृत्वमा कुनै एनआरएनए नै छैन । गत ४ अगस्ट २०२५ का दिन कुवेतको खैतानस्थित राजधानी प्यालेसमा केन्द्रिय अध्यक्ष महेश श्रेष्ठको प्रमुख आतीथ्यता तथा मध्यपुर्व संयोजक रमेश श्रेष्ठ लगाएत एनआरएनए अभियन्ताहरुको उपस्थितिमा नवौं राष्ट्रिय एकताको अधिवेशन सम्पन्न भईसकेको सर्वविदीतै छ ।
गैरआवासीय नेपाली संघ कुवेत मुलपत्र डट कममा प्रकाशित समाचारको स्पष्ट रूपमा खण्डन गर्दै आवश्यक परे कानुनी उपचारमा समेत जाने र कुनैपनि अबैधानिक कार्यहरु प्रति गैरआवासीय नेपाली संघ कुवेत सचेत र जानकार रहेको सवैमा जानकारी गराउँदै त्यस्ता भ्रामक र तथ्यहिन कुराको विश्वास नगर्न सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद !
भवदीय
प्रेस विज्ञप्ती समिति NRNA-NCC कुवेत
ईमेल: [email protected]
फोन: +965 99743486
विजय धामी
महासचिव
गैरआवासीय नेपाली संघ कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो