बक्यौता उठाउन प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी : ‘ऊर्जामन्त्रीकाे निर्णय मान्छु’ – हितेन्द्रदेव शाक्य
काठमाण्डाै – बाँकी बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ । कुलमान घिसिङले ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गर्नुभएको थियो । यो निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो ।
कार्यकारी निर्देशक शाक्यका अनुसार छिट्टै बैठक बसेर बिजुलीको बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय गरिने भएको छ । सरकारको निर्णय मानेरै बक्यौता उठाउनेतर्फ लाग्ने उहाँले बताउनुभयाे । बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको शाक्यकाे भनाइ छ ।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला पटक–पटक बक्यौता उठाउन भनेर बक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आउनुभएको थियो । तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिनुभएको थियो ।
प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रङ्कलाइनमार्फत लिएको बिजुलीकाे जरिवानासहित झन्डै २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताउँदै आएको छ । उद्योगीलाई विगतमा लोडशेडिङको समयमा चाैबीसै घण्टा बिजुली दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर नतिर्ने बताउँदै आएका छन् । उज्यालो
September 21, 2025 5:02 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार