अबको सत्तामा जेन–जीको निरन्तर निगरानी
जेन–जी आन्दोलनपछि नागरिक सरकार गठन भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको नेतृत्व गर्नुभएको छ । सरकारमा सम्बन्धित क्षेत्रको विज्ञता र अनुभव भएका व्यक्तिलाई सोही क्षेत्रसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसरी हरेक मन्त्रालयमा तत्तत् क्षेत्रका विज्ञ मन्त्री भएको नेपालमा पहिलो पटक नै होला । जेन–जीले चाहेको मन्त्रिमण्डल पनि यस्तै हो ।
विगतमा पार्टी तथा तिनका शीर्ष नेताहरूले भागबन्डाका आधारमा नेताहरूलाई जिम्मेवारी दिने गरेका थिए । पार्टीका संस्थापन र इतरपक्षीय नेताहरूले भागबन्डा गरेर सरकारमा सहभागिता जनाउने गरेका थिए । पार्टी नेतृत्वको नजिकका नेतामात्र पटकपटक मन्त्री बन्दै आएका थिए ।
गठबन्धनका सरकारमा अन्य दलले पनि आफ्नो स्वार्थअनुसार नेताहरूलाई मन्त्रालयको जिम्मेवारी दिने गरेका थिए । यसले भ्रष्टाचार, अनियमितता, दण्डहीनतालाई मात्र बढावा दिएको थियो । सुशासन र विकास जनताले अनुभूत गर्न पाएका थिएनन् ।
तर, अब भने विज्ञले सम्बन्धित मन्त्रालय सम्हाल्दै हुनुहुन्छ । आफ्नो अध्ययन, सीप र लामो समयदेखि सोही क्षेत्रमा कार्य गर्दै आएको दक्ष व्यक्तिले सम्बन्धित मन्त्रालयमा काम गर्दा नतिजा पक्कै अपेक्षाभन्दा उत्कृष्ट आउँछ । हामीले चाहेको देश स्विट्जरल्यान्ड, थाइल्यान्ड वा अमेरिका होइन । नेपाल नेपालजस्तै हुनुपर्छ भन्ने हो । यहाँको माटो सुहाउँदो विकास हुनुपर्छ भन्ने हो । कान्तिपुर
September 30, 2025 9:17 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने