तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाउने भएको छ।
समाजले तमु (गुरुङ) समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यो कुवेतमा स्थापना भएको पहिलो जातीय तथा सामाजिक संस्था पनि हो।
गुरुङ समुदायले हरेक वर्ष पौष १५ गते ल्होछारलाई नयाँ वर्षको सुरुवातका रूपमा मनाउने परम्परा राख्दै आएको छ। यस दिन आफन्तजनहरूलाई शुभकामना दिने, मान्यजनबाट आशिर्वाद लिने र रमाइलो वातावरणमा भोजभतेर गरी चाड मनाउने चलन रहेको छ।
गुरुङ परम्परा अनुसार हरेक वर्ष १२ जनावरका नाममा ल्हो (वर्ग चक्र) परिवर्तन हुन्छ। यो वर्षको ‘सप्री ल्हो’ (सर्प वर्ग) सकिएर ‘त ल्हो’ (घोडा वर्ग) सुरु हुँदैछ।
समाजले यस वर्ष पनि ल्होछारलाई एकता, सद्भाव र भाईचाराको उत्सवका रूपमा मनाउने तयारी पूरा गरेको जनाएको छ। साथै, सोही दिन अरू संस्थाले आफ्ना कार्यक्रम नजुधाइदिन समाजले अनुरोध गरेको छ।
कार्यक्रमका विस्तृत जानकारी आगामी सूचनामार्फत सार्वजनिक गरिने समाजले जनाएको छ।
October 15, 2025 4:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने