तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाउने भएको छ।
समाजले तमु (गुरुङ) समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यो कुवेतमा स्थापना भएको पहिलो जातीय तथा सामाजिक संस्था पनि हो।
गुरुङ समुदायले हरेक वर्ष पौष १५ गते ल्होछारलाई नयाँ वर्षको सुरुवातका रूपमा मनाउने परम्परा राख्दै आएको छ। यस दिन आफन्तजनहरूलाई शुभकामना दिने, मान्यजनबाट आशिर्वाद लिने र रमाइलो वातावरणमा भोजभतेर गरी चाड मनाउने चलन रहेको छ।
गुरुङ परम्परा अनुसार हरेक वर्ष १२ जनावरका नाममा ल्हो (वर्ग चक्र) परिवर्तन हुन्छ। यो वर्षको ‘सप्री ल्हो’ (सर्प वर्ग) सकिएर ‘त ल्हो’ (घोडा वर्ग) सुरु हुँदैछ।
समाजले यस वर्ष पनि ल्होछारलाई एकता, सद्भाव र भाईचाराको उत्सवका रूपमा मनाउने तयारी पूरा गरेको जनाएको छ। साथै, सोही दिन अरू संस्थाले आफ्ना कार्यक्रम नजुधाइदिन समाजले अनुरोध गरेको छ।
कार्यक्रमका विस्तृत जानकारी आगामी सूचनामार्फत सार्वजनिक गरिने समाजले जनाएको छ।
October 15, 2025 4:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार