कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
कुवेत / परदेशको भूमिमा पनि आफ्नै देशको माटो र संस्कृतिप्रतिको माया झल्काउने सुन्दर उदाहरण बनेको छ, यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम। तिहारको अवसरमा यसपालि समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत, रीतिरिवाज र भेषभूषासँगै उल्लासपूर्ण वातावरणमा देउसी-भैलो खेलेको थियो।
अक्टोबर २१, २२ र २३ गते तीन दिनसम्म नेपाली व्यवसायिक स्थल र समाजसेवीहरूको निवासमा पुगेर देउसी–भैलो प्रस्तुत गरिएको थियो। नेपाली समुदायको उत्साहपूर्ण सहभागिताले माहोल झन् जीवन्त बनेको थियो।
कार्यक्रमबाट जम्मा १०१६ केडी दक्षिणा संकलन भएको छ, जसमा ७५० केडी संस्था कोषमा सुरक्षित राखिएको छ। सो रकममध्ये करिब ६० प्रतिशत रकम समाजसेवामा प्रयोग गरिने योजना रहेको छ। म्याग्दी र दाङका दुई विद्यालयलाई सहयोग गर्ने र सडक बालबालिकाको सहयोगमा संलग्न संस्थाहरूसँग हातेमालो गर्ने तयारी समाजले गरेको छ।

महासचिव सुमित पोखरेलका अनुसार, “यो केवल चाडपर्वको उत्सव होइन, परदेशमा बसेर पनि आफ्नो संस्कृतिको रक्षा गर्ने हाम्रो प्रयास हो। देउसीको गीत र भैलोको तालमा हामीले माया, एकता र सहयोगको सन्देश बाँडेका छौं।”

कुवेत जस्तो टाढाको भूमिमा पनि नेपाली संस्कृतिको उज्यालो यसरी फैलिनु सानो कुरा होइन। देउसी–भैलोले सबै नेपालीलाई एकसाथ जोड्यो, मनले नजिक ल्यायो र सम्झायो जहाँ गए पनि हामी नेपाली हौं, हाम्रो संस्कृतिले नै हामीलाई चिनाउँछ।
October 30, 2025 1:22 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार