तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई लाख १० हजार जनाभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार साउनदेखि असोज महिनासम्ममा दुई लाख १० हजार पाँच सय १६ जनाले श्रम स्वीकृति लिएका हुन् ।
अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा एक लाख ७० हजार छ सय तीन जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (यूएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइए पनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्याङ्कले देखाएको छ ।
असोजमा मात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ । कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि आठ हजार सात सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।
कुवेतका लागि चार हजार पाँच सय २३ जना छन् । आन्दोलनको प्रभाव अहिलेसम्म नदेखिए पनि दुबईले भिसा रोकेको र अरूले सुरक्षा चासो बढाएका कारण आउँदा दिनमा समस्या आउन सक्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताउनुभयो । उज्यालो
November 3, 2025 4:01 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो