तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई लाख १० हजार जनाभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार साउनदेखि असोज महिनासम्ममा दुई लाख १० हजार पाँच सय १६ जनाले श्रम स्वीकृति लिएका हुन् ।
अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा एक लाख ७० हजार छ सय तीन जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (यूएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइए पनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्याङ्कले देखाएको छ ।
असोजमा मात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ । कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि आठ हजार सात सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।
कुवेतका लागि चार हजार पाँच सय २३ जना छन् । आन्दोलनको प्रभाव अहिलेसम्म नदेखिए पनि दुबईले भिसा रोकेको र अरूले सुरक्षा चासो बढाएका कारण आउँदा दिनमा समस्या आउन सक्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताउनुभयो । उज्यालो
November 3, 2025 4:01 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार