पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
काठमाण्डौ – काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो ।
खड्का ल्याण्डले स्काउटको तीन रोपनी जग्गा भाडामा लिए पनि झन्डै १२ रोपनी जग्गा अतिक्रमण गरेर पार्टी प्यालेस र रेष्टुराँसहित कार्यालय सञ्चालन गर्दै आएको थियो । अदालतको आदेश र स्काउटले पटक–पटक सूचना दिँदा पनि सम्झौता बमोजिमको भाडा नतिरेपछि खड्का ल्याण्डका भौतिक संरचनामा आज विहान डोजर चलाइएको हो ।
स्काउट र खड्का ल्याण्डबीच भएको भाडासम्बन्धी सम्झौता २०७५ साल मै समाप्त भइसकेको भए पनि खड्काले अटेर गरी व्यवसाय गर्दै आउनुभएको थियो । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउटले जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न सात दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।
म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् । स्काउटले २०६५ सालमा भाडामा दिएको तीन रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ । उज्यालो
November 13, 2025 10:51 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन