Thursday 15th January 2026

नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू

4 hours अगाडी

काठमाण्डाै – आजदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १६ गते गरेको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो ।

अबदेखि कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा ५ लाख रुपैयाँभन्दा धेरै नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिद/बिक्री गर्दा पनि ५ लाख रुपैयाँभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन ।

धेरै नगद कारोबार हुँदा अवैध कारोबारको सम्भावना रहने भन्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । यो निर्णयले डिजिटल तथा अनलाइन कारोबारलाई सहयोग पुग्ने विश्वास छ । तर नगद निकाल्न नपाए पनि बैंक वा वित्तीय संस्थामा निक्षेप नगद जम्मा गर्न जाँदा वा सावाँ ब्याज तिर्दा भने जतिसुकै रकम पनि राख्न सकिन्छ । बैंकहरूबीचको अन्तरबैंक कारोबारमा पनि जतिसुकै रकम कारोबार गर्न सकिन्छ ।

रेमिट्यान्स कम्पनी, सहकारी संस्था, पूर्वाधार आयोजना, जलविद्युत्, सडक र सञ्चार क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक एवम् ज्याला भुक्तानीलगायतका लागि सीमाभन्दा धेरै कारोबार गर्न पाइनेछ । उज्यालो

          January 15, 2026 4:47 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...