नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
काठमाण्डाै – आजदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १६ गते गरेको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो ।
अबदेखि कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा ५ लाख रुपैयाँभन्दा धेरै नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिद/बिक्री गर्दा पनि ५ लाख रुपैयाँभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन ।
धेरै नगद कारोबार हुँदा अवैध कारोबारको सम्भावना रहने भन्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । यो निर्णयले डिजिटल तथा अनलाइन कारोबारलाई सहयोग पुग्ने विश्वास छ । तर नगद निकाल्न नपाए पनि बैंक वा वित्तीय संस्थामा निक्षेप नगद जम्मा गर्न जाँदा वा सावाँ ब्याज तिर्दा भने जतिसुकै रकम पनि राख्न सकिन्छ । बैंकहरूबीचको अन्तरबैंक कारोबारमा पनि जतिसुकै रकम कारोबार गर्न सकिन्छ ।
रेमिट्यान्स कम्पनी, सहकारी संस्था, पूर्वाधार आयोजना, जलविद्युत्, सडक र सञ्चार क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक एवम् ज्याला भुक्तानीलगायतका लागि सीमाभन्दा धेरै कारोबार गर्न पाइनेछ । उज्यालो
January 15, 2026 4:47 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ