इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक कार्यक्रमसम्बन्धी वार्ता १० दिनभित्र निष्कर्षमा नपुगे सैन्य कारबाही हुन सक्ने चेतावनी दिनुभएको छ । वाशिङ्टनमा आयोजित बोर्ड अफ पिसको पहिलो बैठकमा उहाँले अर्थपूर्ण सम्झौता नभए अवस्था राम्रो नहुने बताउनुभएको बीबीसीले जनाएको छ ।
ट्रम्पका अनुसार विशेष दूतमार्फत भइरहेका वार्ता सकारात्मक भए पनि विगतको अनुभवका आधारमा इरानसँग अर्थपूर्ण सम्झौता गर्न कठिन रहेको उल्लेख गर्नुभयो । यसअघि ह्वाइट हाउसले कूटनीतिक समाधान अझै सम्भव रहेको जनाएको थियो । पछिल्लो समय अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।
विमानवाहक पोत तैनाथ गरिएको छ भने गएको वर्ष जुनमा अमेरिकी मिसाइल तथा विमानले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेका थिए । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले सामाजिक सञ्जालमार्फत अमेरिकी युद्धपोतप्रति कडा चेतावनी दिँदै प्रतिक्रिया जनाउनुभएको छ ।
अमेरिकी कंग्रेसका केही सदस्यले कंग्रेसको स्वीकृतिविना इरानविरुद्ध सैन्य कारबाही नगर्न दबाब दिएका छन् । बेलायत सरकारले सम्भावित आक्रमणका लागि आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको जनाइएको छ । पछिल्लो घटनाक्रमसँगै इरान–अमेरिका सम्बन्ध थप तनावपूर्ण बनेको छ । उज्यालो
February 20, 2026 6:46 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ