चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
काठमाण्डाै – नेकपा एमालेले प्रतिनिधिसभा चुनावको वातावरण बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख तथा निर्वाचन प्रचार समितिका संयोजक मीनबहादुर शाहीले सरकारले भरपर्दो शान्ति–सुरक्षाको वातावरण बनाउन नसकेको बताउनुभयो ।
शाहीले चुनाव नजिकिँदै जाँदा देशमा भय र त्रासको वातावरण बढ्दै गएको भन्दै रौतहटको गौरमा जारी अनिश्चितकालीन कर्फ्यूले आममतदातामा थप त्रास सिर्जना गरेको उल्लेख गर्नुभयो । उहाँले निर्भीक ढङ्गले मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो ।
एमालेका प्रमुख नेताहरू उम्मेदवार रहेका क्षेत्रमा झण्डा जलाउने, नेतृत्वविरुद्ध घृणा फैलाउने, ‘फेक’ सर्वेक्षण सार्वजनिक गरेर जनमत प्रभावित पार्ने तथा प्रचार सामग्री तोडफोड गर्ने जस्ता गतिविधि भइरहेको भन्दै एमालेले त्यसतर्फ सरकार र निर्वाचन आयोगलाई सचेत गराएको छ । उज्यालो
February 22, 2026 12:00 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ