हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
काठमाण्डौ – सरकारले हप्तामा दुई दिन बिदा दिएपछि त्यसको सबैभन्दा ठूलो असर विद्यालय शिक्षामा पर्ने अभिभावक तथा नीजि विद्यालय सञ्चालकहरुले बताएका छन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै विद्यालयहरूलाई आउँदो वैशाख १५ बाट भर्ना अभियान थाल्न र २१ गतेबाट मात्रै नयाँ शैक्षिक सत्रको पठनपाठन शुरू गर्न भनेको छ ।
एकातिर दुई दिन बिदा र सँगै नयाँ शैक्षिक सत्र समेत अघिल्लो वर्षको भन्दा पछाडि सारिएपछि शिक्षामा समस्या आउने चिन्ता बढेको हो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले त निर्णय नै गरेर वैशाख २ गतेदेखि नै भर्ना शुरू गरेर साविककै समयमा पढाई शुरू गर्ने बताएको छ ।
यस्तै विद्यालयसहित सबै कार्यालय हप्तामा ६ दिन खुल्ला गर्ने गाउँपालिकाको निर्णय छ । प्रधानअध्यापक सङ्घका अध्यक्ष सुदनप्रसाद गौतम दुई दिन बिदा हुँदा पाठ्यभारमा असर पर्ने बताउनुहुन्छ । उहाँका अनुसार पाठ्यक्रम विकास केन्द्रले २ सय २० दिनको पाठ्क्रयम बनाएको छ । अब ५२ दिन थप बिदा हुँदा त्यो पूरा गर्न सकिँदैन ।
विकसित देशहरुमा हप्तामा तीन चार दिन पढाएका उदाहरण पनि छन् । तर हाम्रोमा त्यो हैसियतको शिक्षक तयार भइनसकेको विज्ञहरु बताउँछन् । पेट्रोलियम पदार्थको सङ्कट भएको बेला विशेष व्यवस्था गरे पनि अहिले नै हाम्रो शिक्षा प्रणाली हप्तामा पाँच दिन पढाउने गरी तयार नभइनसकेको उनीहरुको भनाइ छ । उज्यालो
April 11, 2026 4:48 pm | शिक्षा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ