क्यानडालाई झूटो आरोप लगाउँदा ट्रम्प यसरी बने हाँसोको पात्र
एजेन्सी, २५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अनौठो र विवादित अभिव्यक्तिका लागि सधै चर्चित छन् । उनी जब कुनै अभिव्यक्ति दिन्छन् तब मानिसहरु या त अचम्मित हुन्छन् या त पेट मिचिमिचि हाँस्छन् ।हालै ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग पनि केही त्यस्तै अभिव्यक्ति दिएका छन् ।
वास्तवमा पछिल्लो हप्ता अमेरिकाले युरोपेली युनियन, क्यानडा र मेक्सिकोलाई स्टील तथा आलुमुनियम आयातमा कर लगाउने फैसलाको घोषणा गरेका थिए । ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै त्यस्तो फैसला लिएको बताए ।ट्रम्पको त्यस्तो अभिव्यक्तिले हैरान भएका क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पलाई फोन गरेर आफ्नो देशसँग व्यापारमा अमेरिकाको राष्ट्रिय सुरक्षामा कस्तो खतरा उत्पन्न हुन्छ भन्दै प्रश्न गरेका थिए ।
त्यसको प्रतिक्रियामा ट्रम्पले भने,‘के तपाईहरुले ह्वाइट हाउस जलाउनु भएको थिएन र ? ’ट्रम्पको त्यस्तो प्रतिक्रियाले क्यानडा लगायत विश्वलाई नै चकित बनायो । यसले सामाजिक सञ्जालमा खूब व्यङ्ग्यात्मक प्रतिक्रिया बटुल्यो ।सामाजिक सञ्जाल तथा विश्व मञ्चमा यो कुनै बहसको विषय बन्नुको सट्टा हाँसोको विषय बन्यो । किनभने १८१२ को युद्धमा ह्वाइट हाउस जलाइएको थियो तब क्यानडा भन्ने देशको कुनै अस्तित्व थिएन । क्यानडाको स्थापना १८६७ मा भएको थियो । यो देश बेलायत उपनिवेशबाट बनेको थियो ।
१८१२ मा बेलायत र अमेरिकाबीच युद्ध भएको थियो । तर ट्रम्प ट्रुडोसँगको आफ्नो प्रतिक्रियाबारे गम्भीर थिए या रमाइलो मात्र गरेका थिए त्यो स्पष्ट भएको छैन ।तर ट्रम्पको त्यस्तो अभिव्यक्तिमाथि व्यङ्ग्य गर्दै एक अमेरिकी नागरिकले ट्वीट गरेका छन्,‘हामीलाई यस्तो राष्ट्रपति पाउन २०६ वर्ष लाग्यो जसले क्यानडालाई ह्वाइट हाउस जलाउन जिम्मेवार ठहर्यायो ।’
अर्का ट्वीटर प्रयोगकर्ताले लेखेका छन्,‘यसको सकरात्मक पक्ष त हेर्नुहोस्, कम्तिमा ट्रम्पलाई १८१२ मा कुनै युद्ध भएको रहेछ र ह्वाइट हाउस जलेको रहेछ भनेर थाहा त रहेछ ।’वास्तवमा १८१२ को युद्धताका बेलायतले १८१४ मा ह्वाइट हाउस जलाएको थियो । यस युद्धको पछाडि धेरै कारणहरु थिए ।
June 8, 2018 3:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।