बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु
(रासस) – बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तलकोट गाउँपालिका–३, बस्टीकी ४५ वर्षीया मीरा रोकाया र सोही गाउँकी ३२ वर्षीया जुनकिरी चँदारा रहेका छन् । बिहीबार साँझ ६ः३० बजे सो घटना भएको प्रहरीले जनाएको छ । जडीबुटी पहँुचमार्ग सडकखण्डअन्तर्गतको बस्टी भन्ने ठाउँमा ग्याबिन जाली भर्ने क्रममा घटना भएको जडीबुटी पहँुचमार्गका साइट इञ्चार्ज मनोज बोहराले जानकारी दिनुभयो ।
ढुंगा लागेर घाइते भएका दुवै महिलालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा मीरा रोकायाको बाटैमा मृत्यु भएको र जुनकिरी चँदाराको जिल्ला अस्पतालमा उपचार नभएपछि अन्यत्र रिफर गर्ने क्रममा एम्बुलेन्समा राख्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हिजोआज यस्ता सार्वजनिक निर्माणका काम गर्ने ठाउँमा पुरुषभन्दा स्थानीय महिला बढी कामदारका रुपमा काम गरिरहेका हुन्छन् ।
June 8, 2018 6:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण