सिमेन्ट बोकेको ट्रक त्रिशुली नदीमा खस्यो, चलकसहित दुई जना बेपत्ता
8 years अगाडी
Susma Dhakal
धादिङ – पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० जोगिमाराबाट शुक्रबार राति सिमेन्ट बोकेको ट्रक त्रिशुली नदीमा खस्दा दुई जना हराइरहेका छन् ।भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंका लागि छुटेको ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुल नदीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सीनाले जानाकारी दिनुभयो ।
सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय ट्रक चालक टोपबहादुर श्रेष्ठ, ट्रकका सहचालक १९ वर्षका तुलसी दुलाल हराइरहेका छन् । नदीमा ट्रक समेत डुबेको अबस्था छ । त्यो दुर्घटनामा एक जना घाइते भएकोले उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी कार्य भइरहेको भए पनि नदी बढेकोले खोज कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
June 9, 2018 10:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...