गुल्मीको रेसुङ्गा बिमानस्थलमा पहिलो पटक जहाज बसेपछि जहाज हेर्न जनसागर नै उर्लिएर गयो
वर्षै देखिको सपना पुरा भएपछि रेसुंगा गुल्मीका जनता खुसी भएका छन् । गुल्मीको रेसुङ्गा बिमानस्थलमा पहिलो पटक जहाज बसेको छ । जहाज हेर्न आसपासका गाउंले समेत भेला भएका छन् । विमानस्थलमा हजारौंको जनसागर उर्लिएको छ । सदरमुकाम तम्घास नजिकै दशकभन्दा अगाडि निमार्ण थालिएको पहिलो परिक्षण उडान सफल भएपछि स्थानीय रमाएका छन् । विमानस्थल निर्माणका लागि हालसम्म झन्डै ११ करोड रुपैयाँ खर्च भइसकेको छ
शुक्रवार दिउँसोतारा एयरको जहाज रेसुङ्गा विमानस्थलमा सफल अवतरण गरेपछि वर्षै देखिको गुल्मीका जनताको मुहारमा खुसी छाएको छ । पहिलो परीक्षण उडान हेर्न गुल्मीबासीहरु लगायत छिमेकी जिल्ला अर्घाखाचीवासीहरु ठुलो संख्यामा विमानस्थलमा पुगेका थिए । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निमार्ण भएको रेसुङ्गा विमानस्थलमा जहाज बसेपछि गुल्मेली लगायत छिमेकी जिल्ला अर्घाखाचीका नागरिकमा मरिसकेको आशा फेरि व्यूतिएको छ । विमानस्थलले गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान, वाग्लुङ्गका बासिन्दालाई पनि सेवा पुग्ने छ ।
विमानस्थल निमार्णका लागि ४६ रोपनी जग्गाको मुआव्जा दिएर स्थानीयलाई अन्यत्रै सारिएको हो भने केही सार्वजनिक जग्गा रहेको छ । ब्यक्तिहरुको र सार्वजनिक जग्गा गरि १ सय १२ रोपनी जग्गामा विमानस्थल फैलिएको छ । ७ सय मिटर लम्बाई र ९० मिटर चौडाइको धावन मार्ग रहेको विमानस्थल निमार्णका लागि अहिलेसम्म ११ करोड रुपैया खर्च भैसकको छ । विमानस्थलको रनवे बनाइसकेपछि शुक्रवार दिउसो तारा एयरको सानो विमानले परीक्षण उडान गरेको हो । यो विमानस्थलमा दैनिक उडान भएमा गुल्मी, अर्घाखाची भित्रिने मानिसहरुलाई सजिलो हुनेछ ।
विमानस्थले गुल्मीको पर्यटन लगायत अन्य क्षेत्रको विकासमा फड्को मार्ने देखिन्छ । करिब १२ वर्षअघिबाट निर्माण थालिएको विमानस्थलमा परीक्षण उडान सफल भएपछि गुल्मीका जिल्लावासी लगायत छिमेकी जिल्ला अर्घाखाचीका वासिन्दाहरु समेत खुसी भएका छन् । प्रदीप ज्ञवाली तत्कालीन नागरिक उडयन तथा पर्यटन मन्त्री बनेको समयमा विमानस्थल बनाउने भन्दै शिलान्यास गरेका थिए । अहिले पनि प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री भएका वेला जहाजको परिक्षण उडान भएको हो । विकानको परिक्षण उडानमा ज्ञवाली पनि सहभागी भएर जिल्लावासीहरुसगँ खुसी साटेका छन ।
गुल्मीका नागरिकले १२ वर्षदेखि देख्दै आएको रेसुङ्गा विमानस्थलको सपना अन्नतः साकार भएको छ । शिलान्यास गरेको विमानस्थल निर्माणको काम चुस्त रुपमा अगाडि बढ्न नसक्दा निरास बनिरहेका गुल्मेलीहरु तारा एयरको जहाजले परीक्षण उडान गरेपछि हर्षित बनेका छन । जिल्लाकै विमानस्थलमा पहिलोपल्ट जहाज ओर्लिएपछि गुल्मीका सर्वसाधरण रेसुङ्गा विमानस्थलमा जहाज हेर्न ओइरिएका थिए । विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयले एक–अर्कामा खुशी साटासाट गरेका छन् ।
June 9, 2018 11:10 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।