समाचार छापिएपछि म्यानपावरले फिर्ता गर्यो १ लाख
8 years अगाडी
Susma Dhakal
कास्की – पोखराको ग्लोबल इन्टरनेशनल म्यानपावरले कतार पठाउने भन्दै एक व्यक्तिबाट लिएको एक लाख रुपैयाँ फिर्ता गरेको छ ।कतार पठाइदिने भन्दै पैसा लिएको ६ महिनासम्म पनि नपठाएपछि तनहुँको प्युरीदोभानका देउबहादुर श्रेष्ठले जिल्ला विकास समिती कास्कीले सञ्चालन गरेको सूचना केन्द्रमा निवेदन दिनुभएको थियो ।
श्रेष्ठका विषयमा स्थानीय पत्रिकामा खबर छापिएपछि म्यानपावरले एक लाख रुपैयाँ फिर्ता दिएको हो । शुक्रबार जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देल र जिल्ला समन्वय समितिका सदस्य तोरणबहादुर बानियाँको रोहबरमा श्रेष्ठलाई पैसा फिर्ता गरिएको केन्द्रले जनाएको छ ।
श्रेष्ठले पत्रकार र पत्रिकाका कारण आफूले पैसा फिर्ता पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले बाँकी ६० हजार रुपैयाँ र पासपोर्ट पनि छिट्टै फिर्ता पाउनेमा आशावादी रहेको बताउनुभएको छ ।
June 9, 2018 12:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...