समलिङ्गीको आशंकामा छोरालाई पिटेपछि आमालाई यस्तो सजाय
8 years अगाडी
Susma Dhakal
एजेन्सी, २५ जेठ । अमेरिकास्थित क्यालिफोर्निया राज्यको एउटा अदालतले एकजना महिलालाई आजीवन जेल सजाय र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती दुईलाई महिलाको आठ वर्षीय छोरालाई समलिङ्गी भएको आशंकामा मरणासन्न हुने गरी यातना दिएको आरोपमा अदालतले सजाय सुनाएको हो ।
ती दुईले आठ वर्षीय गाब्रियल फर्नान्डेजलाई धेरैपटक पिटेका थिए, उनलाई बन्दी बनाएर भोको राखेका थिए । उनलाई बीबी गन प्रहार गर्नुका साथै एकपटक उनको दाँतमा क्रिकेट ब्याटले पनि प्रहार गरिएको थियो ।
बालकको शरीर जल्नुका साथै टाउकोमा चोट लागेको र उनको करङ पनि भाँचिएको पाइएको थियो ।गाब्रियलका ३४ वर्षीय आमा पर्ल फर्नान्डेजले फेब्रवरीमा आफ्नो छोराको हत्या प्रयासको अपराध स्वीकार गरेकी छिन् । न्यायिक जूरीहरुले ३७ वर्षीय इशाउरो एग्युरीलाई पनि हत्या प्रयासको अपराधमा दोषी पाएको हो ।
June 9, 2018 12:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...