Thursday 9th April 2026

यसरी भित्रिदैछ काठमाडौँमा रेल, यि महत्वपूर्ण स्थान हुँदै चोभारसम्म जानेछ रेल

8 years अगाडी

भारतकाे रक्साैलदेखि वीरगन्ज हुँदै काठमाडाैँ जाेड्ने रेलमार्गकाे प्रारम्भिक सम्भाव्यता अध्ययन शुक्रबारदेखि सुरू भएकाे छ । ११३ किलाेमिटरकाे दूरीकाे रेलमार्ग सन्चालनका लागि भारतिय पक्षसंग भएकाे सम्झाैताअनुसार सरकारले अध्ययन थालेकाे रेल विभागका सुचना अधिकारी प्रकाशभक्त उपाध्यायले बताए । उनले भने- ‘याे अध्ययन पहिलाे चरणकाे हाे । हामीले सम्भाव्यता अध्ययन कीर्तिपुरकाे चाेभारबाट सुरू गरेका हाैँ ।’

चाेभारबाट थालिएकाे अध्ययन वीरगन्जसम्म गरिने छ । ‘चाेभारमा रेलवे स्टेसन बनाउन सकिन्छ कि सकिदैँन भन्ने अध्ययन हाे’, उपाध्यायले जाेडे, ‘वीरगन्जमा अर्काे मुख्य स्टेसन राख्ने अध्ययन पनि हुनेछ ।’भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल भ्रमणमा अाएका बेला एक वर्ष भित्रै रेल संचालन गर्ने सहमति भएकाे थियाे ।

          June 9, 2018 12:45 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...