डा. देवकोटाले भने ‘आई फिल अमेजिङ !’
काठमाडौं। वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको शरीर रोगले गाल्दै लगेको छ। बाँसबारीस्थित न्युरो अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका उनलाई कार्डियाक मोनिटर र अक्सिजन सपोर्ट दिइराखिएको छ। असाध्ये रोगले ग्रसित उनको मुहारमा केही दिनयता अनौठो आत्मसन्तुष्टि झल्किएको आफन्त र चिकित्सकले सहजै अनुमान लगाउन सक्छन्। एनेस्थेसियोलोजिस्ट डा. मयुस मुनाकर्मीले शनिबार प्रश्न सोधिहाले, ‘डाक्टरसाप् कस्तो लाग्यो त ?’

डा देवकोटाले बिस्तारै ओठ खोले र भने, ‘आई फिल अमेजिङ, वन्डरफुल !’ नजिकै बसिरहेका आफन्तको अनुहारमा पनि चमक देखियो डा देवकोटाको प्रतिक्रिया सुनेर। ‘घरको पिँढीमा बसेर सिस्नेपानीको पानी कलकल खाने इच्छा थियो,’ देवकोटाका भतिजा वसन्तले नागरिकसँग भने, ‘गाउँ पुगेर त्यो धाराको पानी खाएर आएपछिस उहाँको अनुहारमा अनौठो सन्तुष्टि देखियो।’ आजको नागरिक दैनिकमा समाचार छ ।
बिहानदेखिकै निरन्तर प्रयासपछि परिवारले उनलाई जन्मगाउँ पु¥याउने इच्छा शनिबार पूरा भएको थियो। ‘बेलायतमा छँदैदेखि उहाँले मेडम (श्रीमती डा मधु) लाई एकपटक गाउँ पु¥याउन वचनबद्ध गराउनुभएको रहेछ,’ वसन्तले भने, ‘थप सुधार होला र सकेसम्म बासै बस्ने गरी लान सकिन्छ कि भन्ने लागेको थियो। तर शनिबारै लैजाने निर्णय भयो र पु(याइयो पनि।’
बेलायतमा किङ्स कलेज हस्पिटलमा उपचार भइरहँदा डा। देवकोटाले श्रीमती मधुसँग ‘एकपटक मलाई गाउँ पु(याइदिनुपर्छ’ भनेका थिए। ‘घरमा जाने, लमजुङ साइँलीटारस्थित मामाघर जाने र सबैलाई भेटेर आउने भन्नुभएको थियो,’ देवकोटासँग गोरखा पुगेर फर्किएका उनका मामाका छोरा काशीराज घिमिरेले भने, ‘लमजुङचाहिँ पु(याउन सकिएन।’
डा देवकोटाको स्वास्थ्यमा केही सुधार आएपछि गाउँ लैजाने योजना परिवारको थियो। १८ गते शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखियो, चिकित्सकले तत्काल भेन्टिलेटरमा राख्ने निर्णय गरे। उनको स्वास्थ्यमा बिहीबार केही सुधारको संकेत देखिएपछि चिकत्सकले शुक्रबार भेन्टिलेटर हटाएका थिए।
June 10, 2018 8:03 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन