राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिए। गत जेठ १९ गते मेदान्तबाट उपचार गराएर पर्किएका राष्ट्रकवि घिमिरे पुनः सोही दिनदेखि नै सानो आन्द्राबाट रक्तश्राव हुन थालेपछि गत जेठ २१ गते मेदान्तमा उपचारका लागि पुनः लगिएको हो।
“अहिले बुबाको स्वास्थ्य अवस्था राम्रो भएको छ। सानो आन्द्राबाट रक्तश्राव हुने क्रम रोकिएको करीब चार दिनजति भयो।” छोरा इन्दीवरले भने, “पहिलेको तुलनामा धेरै सुधार भएको छ। आउँदो सोमबारसम्म चिकित्सकले अस्पतालमा राखेर हेर्ने भएका छन्।” यसअघि उनलाई जेठ ९ गतेदेखि १० दिनसम्म मेदान्तमा राखेर उपचार गराइएको थियो, तर सोही दिनदेखि उनको पुरानो सानो आन्द्राबाट रक्तश्राव हुने समस्या पुनः बल्झिएको थियो।
उनको अहिले मेदान्तमा उच्च हेरविचार इकाइ (हाइकेयर युनिट)मा राखेर चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ। छोरा घिमिरेले छातीमा देखिएको निमोनियाको संक्रमण पनि ठीक भएको बताए। राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तश्राव भएपछि अस्वस्थ भनेका थिए। शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराएका घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो। राष्ट्रकवि घिमिरेको साथमा उनका कान्छा छोरा राजीव घिमिरे गएका छन्। ९९ वर्षीय घिमिरे विगत चार महिनादेखि अस्वस्थ भएका हुन्।
June 10, 2018 10:34 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।