Sunday 24th May 2026

आज खुल्ने भनेको कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने ! ३० सेकेण्ड मात्र जाम हुने

8 years अगाडी

कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने भएको छ । चक्रपथ विस्तार आयोजनाले जनाए अनुसार शुक्रबारदेखि अण्डरपास खोल्ने तयारी गरेपनि केही काम बाँकी रहेको भन्दै आज नखोल्ने निर्णय भएको बताइएको छ ।

६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर २०७२ सालमा अण्डरपास निर्माणको काम सुरु गरिए पनि २ वर्षमा सकिन लागेको हो । अण्डरपासमा रंग गर्ने, साइन बोर्ड राख्ने लगायतका काम बाँकी रहेकाले ति काम सकेर अण्डरपास खुलाइने बताइएको छ । असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो । अण्डर पास खुलेपछि अब जम्मा ३० सेकेण्ड मात्र जाम हुने बताइएको छ ।

          August 17, 2018 11:55 am | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...